ad ad

कला


एकसाथ प्रदर्शनमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’, बक्सअफिसमा कसले मार्ला बाजी?

एकसाथ प्रदर्शनमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’, बक्सअफिसमा कसले मार्ला बाजी?

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १०:४, काठमाडौँ

आज सिनेमाहलमा दुई बहुप्रतीक्षित नेपाली फिल्म एकसाथ प्रदर्शन भएका छन्। बुद्ध जयन्तीको अवसर पारे ‘फर्की फर्की’सहित ‘पुजार सार्की’ रिलिज भएका हुन्।

सुयोग गुरुङको लेखन र निर्देशन रहेको ‘फर्की फर्की’ अनमोल केसीको मुख्य भूमिका छ। ‘छड्के २’ बाट अफलता भोगेका अनमोलका करिअरका लागि यो फिल्म निकै महत्त्वपुर्ण छ।

अभिनेत्री जसिता गुरुङ यस फिल्ममा अनमोलको जोडीको रुपमा देखिएकी छिन्। साथै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ। टाइम लुपको कथामा बनेको यस फिल्मको निर्माता रोहित अधिकारी हुन।

त्यसैगरि, ‘पुजार सार्की’ मा तीन ठूला स्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा देखिएका छ। यस फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा भन्छ। यस फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुसहित मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ।

फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र प्रकाशमा सहकार्य गरेका थिए। सङ्गीतकार सुवास भुसाल भने फिल्मको निर्माता हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गरेका हुन्।

यी दुबै फिल्महरूलाई मल्टिप्लेक्स हलहरूले लगभग बराबर शो उपलब्ध गराएका छन। यी दुबै फिल्ममा बलिया स्टारकास्ट छन्। जसकारण दुबै फिल्म एकसाथ रिलिज हुनुलाई नेपाली सिनेजगतमा स्टारहरूको कडा भिडन्तको रुपमा लिन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .