कला


कान्समा पहिलोपटक भारतीय फिल्मले जित्यो ग्रान्ड प्रिक्स अवार्ड

कान्समा पहिलोपटक भारतीय फिल्मले जित्यो ग्रान्ड प्रिक्स अवार्ड

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:४०, काठमाडौँ

कान्स फिल्म फेस्टिभलमा पहिलोपटक भारतीय फिल्मले ग्रान्ड प्रिक्स अवार्ड जितेको छ। शनिबार आयोजित ७७ औँ संस्करणमा भारतीय फिल्ममेकर पायल कपाडियाको फिल्म ‘अल वी इम्याजिन एज लाइट’ ले कान्सको दोस्रो ठूलो अवार्ड जितेकी हुन्।

योसँगै पायल यो अवार्ड जित्ने पहिलो भारतीय फिल्ममेकर बनेकी छिन्। यो फिल्म मुम्बईमा बस्ने केरलाकी दुई नर्स प्रभा र अनुको वरिपरि घुम्छ।

यस फिल्मलाई मे २३ मा कान्सको सबैभन्दा प्रतिष्ठित श्रेणी पाम डी ओर अन्तर्गत प्रिमियर गरिएको थियो। यस विधामा ३० वर्षपछि भारतबाट ‘अल वी इम्याजिन एज लाइट’ छनोटमा परेको हो। यसअघि सन् १९९४ मा फिल्म ‘स्वाहम’ यसै विधामा मनोनीत भएको थियो।

यसअघि सन् २०१७ मा पायलको सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड’ पनि ७० औं कान्स फिल्म फेस्टिभलमा छनोट भएको थियो। २०२१ मा उनको डकुमेन्ट्री ‘अ नाइट अफ नोइङ नथिङ’ कान्स फिल्म फेस्टिभलको निर्देशक फोर्टनाइट श्रेणीमा छनोट भयो। यति मात्र होइन, फिल्मले उत्कृष्ट डकुमेन्ट्रीको लागि गोल्डेन आई अवार्ड पनि जितेको थियो।

७७ औं कान्स फिल्म फेस्टिभल भारतका लागि फलदायी सावित थियो। ग्रान्ड प्रिक्ससहित भारतले जम्मा चारवटा अवार्ड जित्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad