कला


सलमान खानविरुद्ध फेरि आक्रमण प्रयास, ४ जना पक्राउ

सलमान खानविरुद्ध फेरि आक्रमण प्रयास, ४ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८१ शनिबार ११:२६, काठमाडौँ

बलिउड अभिनेता सलमान खानविरुद्ध फेरि आक्रमण प्रयास भएको छ। 

तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

उक्त पत्रिकाका अनुसार पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा धनञ्जय उर्फ ​​अजय कश्यप, गौरव भाटिया, वसिम चिकना र रिजवान खान छन्। 

आक्रमणका लागि आपूर्तिकर्तामार्फत पाकिस्तानबाट हतियार ल्याउने योजना पनि बनाइएको थियो। 

यस मामिलामा, प्रहरीले हालसम्म लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ।

यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजे गोली चलाइएको थियो।

दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ५ राउन्ड फायर गरेका थिए।

गोली चलाउँदा सलमान आफ्नै घरमा थिए।

घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad