कला


शाहरुख र काजोल फिचर्ड ‘तुझे देखा तो ये जाना सनम’ ९० को दशककै लोकप्रिय गीत घोषित

शाहरुख र काजोल फिचर्ड ‘तुझे देखा तो ये जाना सनम’ ९० को दशककै लोकप्रिय गीत घोषित

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:१७, काठमाडौँ

सन् १९९५ मा रिलिज भएको शाहरुख खान र काजोल स्टारर फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’ निकै हिट भएको थियो। यो फिल्मका फ्यान भारतमा मात्रै नभई विश्वभर रहेका छन्।

रिलिज भएको २९ वर्षपछि यस फिल्मले गीत ‘तुझे देखा तो ये जाना सनम’ गीत ले रेकर्ड कायम राखेको छ। बीबीसीले यस गीतलाई ९० दशकको सबैभन्दा लोकप्रिय गीत घोषित गरेको छ।

बेलायती प्रसारण संस्था बीबीसले हालै गरेको सर्वेक्षणमा यस गीतलाई सबैभन्दा बढी भोट मिलेको हो। बीबीसीले यस गीतलाई प्रसारण समेत गरेको छ।

बीबीसीले ९० दशकका ५० सर्वश्रेष्ठ बलिउड गीत छान्न श्रोतालाई आमन्त्रित गरेको थियो। यो सूची प्यानलमा उपस्थित हारुन रसिद र गगन ग्रेवाल जस्ता स्टेशन प्रतिनिधिहरूले तयार पारेका थिए। केही उद्योग विज्ञहरूको सहयोगमा यसलाई सर्टलिस्ट पनि गरिएको थियो।

सैफ-अक्षय र काजोल स्टारर फिल्म ‘ये दिल्लगी’ को ‘ओले-ओले’ र सलमान–मनिषा स्टारर ‘खामोशीः द म्युजिकल’ को ‘बाहों के दरमियाँ’ लगायतका गीतहरू सूचीमा परेका थिए।

‘तुझे देखा तो’ गीतमा कुमार सानु र स्वर कोकिला लता मंगेशकरले स्वर दिएका थिए। उक्त गीतको भिडिओमा शाहरुख र काजोल फिचर्ड छन्।

यो हिन्दी सिनेमाको इतिहासमा एक सर्वकालीन ब्लकबस्टर फिल्म हो। यो सबैभन्दा लामो समय हलमा चलेको भारतीय चलचित्र पनि हो। यो फिल्म अहिले पनि मुम्बईको प्रतिष्ठित मराठा मन्दिर हलमा प्रत्येक दिन देखाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad