किरण माइकल घिमिरेको लेखन र निर्देशनमा वेब सिरिज ‘मोड’ बन्ने भएको छ। सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिने यस सिरिजको हाल प्रि प्रोडक्सनको काम चलिरहेको छ।
करिअरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन्। यो बीचमा उनले दर्जन बढि नेपाली फिल्मको कथा लेखनको काम गरिसकेका छन्। सोहि अनुभवलाई लिएर वेब सिरिज निर्माण निर्देशनमा जुटेको उनले बताए।
उनका अनुसार सिरिजले वैदेशिक ग्रिनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ। १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ। ९ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले बताए।
सिरिजमा आकाश पल, अभी सुनार, पवित्रा केसी र रमेश सेन्चुरी मुख्य भूमिका हुनेछ। कलाकारमा फाइनल हुँदा अन्य कलाकारहरूको अष्ट्रेलियामै खोजी भइरहेको निर्माण टिमले जनाएको छ।
सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिज अर्को वर्ष ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया