फिल्म ‘बेहुली फ्रम मेघौली’ नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘छड्के सलाम’ बोलको गीतले बिहेको परिवेशलाई समेटिएको छ।
यो गीत जयन जे वाइवाले तयार पारेका हुन्। गीतको शब्दसँगै संगीतर र ऐरेन्ज पनि वाइवानै गरेका छन्। गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती र निश्चल बस्नेतको स्वर छ।
गीतको भिडिओमा निश्चल र स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारलाई देख्न सकिन्छ। गीतमा जोडीको रुपमा निश्चल र स्वस्तिमाले छमछमी नाचेका छन्।
फिल्ममा बसुन्धरा भुषाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ।
यो उनीहरुको डेव्यु निर्देशकीय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। यो फिल्म आगामी असोज १७ गते घटस्थापनामा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया