कला


डा. भगवान कोइराला नेतृत्वको बाल अस्पताललाई चलचित्र ‘शाम्बाला’ को एक करोड सहयोग

डा. भगवान कोइराला नेतृत्वको बाल अस्पताललाई चलचित्र ‘शाम्बाला’ को एक करोड सहयोग

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १९:४९, काठमाडौँ

वरिष्ठ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई फिल्म ‘शाम्बाला’ टिमले एक करोड सहयोग गर्ने भएको छ। मंगलबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक मीन भामले १ करोड सहयोग गर्ने घोषणा गरे।

निर्देशक भामले आफूहरूसँग शाम्बाला फिल्मसँग सम्बन्धित १० वटा थांका चित्र रहेको र त्यसको बिक्रीबाट आएको आम्दानी बाल अस्पताल निर्माण अभियानमा सहयोग गर्ने जानकारी दिए।

‘फिल्मको कथा पनि थांन्का चित्रबाट सुरू हुन्छ। यी थांकाहरू डोल्पाकै स्थानीय कलाकारले ७ महिना लगाएर तयार पारेका हुन्। २४ क्यारेट गोल्डसहितमा तयार गरिएको थांकालाई देश विदेशमा बिक्री गरिने तयारी छ। यदि थांका चित्र बेचेर एक करोड बढी कमाउन नसकेपनि म आफैं एक करोड सहयोग गर्नेछु,’ उनले भने।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित देशभरिका सातवटा प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्ने तयारी छ। भामले आफूलाई समाजसेवा गर्ने मन भएकाले थांका बेचेर सहयोग गर्ने सोच आएको बताए।

डा. भगवान कोइरालाले भामलाई धन्यवाद दिँदै स्तरीय तथा गर्व लाग्ने नेपाली फिल्म दिएको सुनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad