अविवाहित बलिउड अभिनेत्री माही गिलले आफ्नो ३ वर्षकी छोरी रहेको बताएकी छन्।
आफ्नो व्यक्तिगत जीवनलाई लिएर निकै ठूलो खुलासा गर्दै उनले आफू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको समेत बताइन्।
भारतीय मिडियासँगको अन्तर्वार्तामा उनले भनिन्, ‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो। अगस्टमा उनी ३ वर्षकी हुनेछिन्।’
आफू अविवाहित रहेको र एक छोरीको आमा रहेको कुरा गर्व साथ भन्न सक्ने समेत उनले बताएकी छन्।
दबंग, जंजीर, पान सिंह तोमर’ जस्ता फिल्ममा अभिनय गरेकी माही यो कुरा अहिलेसम्म आफूले मिडियाबाट लुकाएर राखेको र छोरीलाई सामाजिक संजालबाट पनि टाढै राखेको बताउँछिन्। उनी ४३ वर्षकी भइन्।

प्रतिक्रिया