कला


सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ बजारमा

सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ बजारमा

नेपालखबर
असोज २०, २०८१ आइतबार १२:१५, काठमाडौँ

कवि सुरज रानाको कविता संग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक भएको छ। 

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक कार्यक्रमका बीचका उपसभामुख इन्दिरा रानामगर, कवि श्रवण मुकारुङ, प्रा।डा। विन्दु शर्मा, प्रा।डा। गणेश खनिया र कवि रानाले संयुक्त रुपमा पुस्तको लोकार्पण गरे। 

कार्यक्रममा बोल्दै रानाका कविताहरुले आफूलाई असाध्यै छोएको मुकारुङले बताए। 

‘सुरजले कवितामार्फत् भन्ने कुराहरुमा व्यंग्य चेत असाध्यै शक्तिशाली छ। सँगै लिम्बुवानको कुरा पनि आएको छ, यो असाध्यै राम्रो कुरा हो,’उनले भने। 

उनले एउटा राम्रो कवि हुनलाई सबै मान्छेका कथा व्यथा लेख्नुपर्ने बताए। यसमा सुरज सफल भएको मुकारुङको भनाइ थियो। त्यस्तै प्रा।डा। शर्माले रानाको कवितामा मौकिलता भएको उल्लेख गरिन्। उनले भनिन्, ‘उहाँका कवितामा मिथक छ, संस्कृति छ, समाज छ। उहाँका कविताहरुले तर्कहरुको श्रंखला प्रस्तुत गरेर पाठकलाई घत पार्ने गर्छन्।’

अर्का प्रा।डा। गणेश खनियाँले रानाका कवितामा पहिचानको मुद्दा शशक्त भएर आएको बताए। उनले भने, ‘यो कविता संग्रहमा लिम्बु किराँत मिथहरु छन्। दार्शनिक रुपबाट पनि कविताहरुको उठान भएको छ। लैंगिक चेत पनि छ।’

एक दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय रहेका रानाको यो पहिलो कविता संग्रह हो। सांग्रिला पब्लिकेसनबाट प्रकाशित संग्रहमा ‘ओ बाहुनी’, ‘प्रहरी चौकीमा सोल्टा’, ‘लेस्बियन छाया’, ‘म ब्रह्माण्ड’, ‘जब कविता निस्कन्छ जुलुसमा’ गरी पाँच खण्डमा ४४ कविताहरुलाई विभाजन गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad