कला


गैरसदस्यलाई हलबाट ५० प्रतिशत सेयर सुविधा नदिने निर्माता संघको निर्णय

गैरसदस्यलाई हलबाट ५० प्रतिशत सेयर सुविधा नदिने निर्माता संघको निर्णय

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १३:४३, काठमाडौँ

चलचित्र निर्माता संघले संस्थामा सदस्य नभएका निर्माताले हलबाट ५० प्रतिशत सेयरको सुविधा नपाउने निर्णय गरेको छ। कार्यसमिति बैठकको यो निर्णय कार्यान्वयनका लागि प्रदर्शक संस्था चलचित्र संघलाई लेखी पठाउने निर्णय भइसकेको अध्यक्ष नवल खड्काले जानकारी दिए।

गतवर्ष निश्चल बस्नेतको पहलमा निर्माता संघ र चलचित्र संघबीच ५०/५० प्रतिशत सेयर बाँडफाँटको सहमति भएको थियो। जुन सहमतीपत्रमा प्रदर्शक संस्थाका अध्यक्ष विरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघका अध्यक्ष खड्काले हस्ताक्षर गरेका थिए। 

जुन निर्णयले फिल्म निर्मातालाई फाइदा पुगिरहेको छ। यस निर्णयले प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ लाई ८४ लाख फाइदा पुगेको उनको दाबी छ। 

‘हामीले गतवर्ष निर्मातालाई ५० प्रतिशतनै सेयर पाउने निर्णय गरेका थियौँ। साथै तीन मिनेटको ट्रेलर निःशुल्क सेवा दिएर निर्माताहरुलाई फाइदा हुने काम गरेका छौं। तर, संस्थामा आबद्ध नभएकालाई किन यो सेवा सुविधा दिने भनेर यो निर्णय गरेका हौँ। संघले लडेर ल्याएका हकअधिकार उपभोग गर्ने तर संघको बदनाम गर्ने गैरसदस्यप्रति यो निर्णय लक्षित छ,’ उनले भने।

उनका अनुसार गैरसदस्यलाई हलमा निस्शुल्क देखाइने तीन मिनेटको ट्रेलर सुविधा समेत कटौती हुनेछ।

एउटै मितिमा दुईभन्दा बढी नेपाली फिल्म रिलिज गर्न नपाइने विषयमा निर्णय गर्ने तयारी रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad