कला


६ सय अटोमा पोस्टर टाँस्दै फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को प्रचार सुरु

६ सय अटोमा पोस्टर टाँस्दै फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को प्रचार सुरु

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १२:३८, काठमाडौँ

कार्तिक ३० गतेबाट प्रदर्शन हुने फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को प्रचारप्रसार सुरु भएको छ। उपत्यकाबाहिरका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टाँसेर प्रचारप्रसारको सुरुवात गरिएको हो।

निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडजस्ता देशका प्रमुख सहरमा फिल्मको अटो प्रमोसन सुरु गरिएको छ। 

स्थानीय दर्शकमाझ अटो नियमित पुगिरहने भएकाले अटोको माध्यमबाट प्रचारप्रसार गरिएको निर्माणटिमको भनाइ छ। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। 

यस फिल्मलाई ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले बनाएका हुन्। दीपेन्द्रकै निर्देशन रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad