बलिउड सुपरस्टार शाहरुख खानको आज (नोभेम्बर २) ५९औँ जन्मदिन। यस अवसरमा उनलाई आफ्नो देशसहित विश्वभरका प्रशंसकले बधाई दिइरहेका छन्।
यसै क्रममा नेपाली अभिनेत्री पूजा शर्माले पनि शाहरुखलाई जन्मदिनको उपलक्ष्यमा विशेष शुभकामना दिएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक प्रतिष्ठित र प्रतिभाशाली अभिनेतालाई जन्मदिनको शुभकामना! धन्यवाद शाहरुख, जतिबेला म एकदमै कमजोर अवस्थामा थिएँ, त्यतिबेला मलाई सम्हालिनका लागि तपाईं एक रत्न हुनुहुन्छ। अल्लाहले तपाईंका हरेक मनोकामना पूरा गरून् र तपाई्रलाई सधै स्वस्थ र खुसी राखून्, माई आइडल! लभ यु किङ।’
588
Shares

प्रतिक्रिया