ऋषि लामिछानेको निर्देशनमा बन्ने नयाँ फिल्ममा कलाकार केदार घिमिर ‘माग्ने बुढा’ अनुबन्धित भएका छन्। बिहीबार निर्माण टीम र केदारबीच लिखित सम्झौता भएको हो।
कमेडी जनरामा बन्ने अनटाइटल फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्। फिल्मको शीर्षमध्येको भूमिकामा घिमिरेलाई अनुबन्धित गरिएको निर्देशक लामिछानेले बताए।
पछिल्लो समय केदार धमाधम छक्कापञ्जा बाहिरका फिल्ममा जोडिन थालेका हुन्। यसअघि केदारले कङ्गारु र अनमोल केसीको फिल्म जेरी अन टप साइन गरेका थिए। जसमध्ये जेरी अन टपको सुटिङ सुरु हुँदा कङ्गारु भने निर्माण हुन सकेको छैन।
लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन्। यसअघि उनले ‘किस्मत २’ निर्देशन गरेका थिए। लामिछानेले हवल्दार सुन्तली, श्रीमान् श्रीमती, कहिले मिलन कहिले विछोड लगायतका फिल्महरु निर्देशन गरिसकेका छन्।
सामाजिक कमेडी जनरामा बन्ने फिल्मको सुटिङ माघ–फागुनबाट सुरु हुने बताइएको छ। मुणाल घिमिरेको निर्माणमा बन्ने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले लेखिरहेका छन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको नाम भने तय हुन सकेको छैन।
Shares

प्रतिक्रिया