भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ युट्युबमा सार्वजनिक भएको छ।
यो फिल्म बुधबार ओएसआर डिजिटलमार्फत रिलिज भएको हो।
‘आचार्य’ भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म हो। यो फिल्म प्रदर्शनको १३ वर्षपछि गत असारमा पुनः हलमा रिलिज भएको थियो। यस फिल्ममा भक्तराजको भूमिकामा उनका जेठा छोरा सत्यराज आचार्य देखिएका छन्।
फिल्ममा अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायको अभिनय छ। रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन्। यस फिल्मलाई देवजंग थापाले पुन: सम्पादन गरेका छन्।
48
Shares

प्रतिक्रिया