कला


‘पूर्ण बहादुरको सारंगी’को दबदबाबीच फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा

‘पूर्ण बहादुरको सारंगी’को दबदबाबीच फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार ११:३१, काठमाडौँ

‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ। डेढ सय शो पाएको यो फिल्म आजबाट हलमा लागेको हो। 

विजय बराल मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले यतिखेर आक्रामक व्यापार गरिरहेको छ। यसकै कारण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज हुन सकेन। यस्तै, फिल्म ‘केटी हराएको सूचना’ ले पनि रिलिज मिति सारिसकेको छ। 

यसले ‘ह्रस्व दीर्घ’ लाई केही राहत मिलेको छ। पहिलो दिनका लागि ‘ह्रस्व दीर्घ’ पाएको शोहरु हाउसफुल छन्। यद्धपी, बलियो वर्ड अफ माउथले फिल्मको व्यापार निर्धारण गर्नेछ।
 
नीता ढुंगानाको लगानीमा बनेको यस फिल्ममा चन्द्र पन्तको निर्देशन रहेको छ। फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ। 

हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ। ६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। 

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो। यो फिल्म नेपालीसहित तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad