कला


२० वटा हलबाट झिकियो ‘पूर्णबहादुरको सारंगी’

२० वटा हलबाट झिकियो ‘पूर्णबहादुरको सारंगी’

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार २२:५२, काठमाडौँ

उपत्यकाबाहिरका विभिन्न २० वटा हलबाट ‘पूर्णबहादुरको सारंगी’ फ़िल्म झिकिने भएको छ।

निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म झिक्ने निर्णय गरेका हुन्।

निर्माता कम्पनी सेभेन सिजले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै विराटनगरका अरुण र विराट हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दिवास हल, इनरुवाको सीवी हल, बहरथवाको दीपक हलमा फिल्म चलाउन नदिने निर्णय गरेका छन्।
यस्तै बुटवलको द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेस्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशुली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमुत्री हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा पनि फिल्म नलाग्ने भएको छ।

हलमा फिल्म हाउसफुल अकुपेन्सीमा प्रदर्शन भए पनि ग्रस कलेक्सनको रिपोर्टमा असहमति जनाउँदै शनिबारदेखि फिल्म उतार्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad