कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व गर्न अनिसा पराजुली कम्बोडिया उडेकी छन्।
यही नोभेम्बर १९ (आज) देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी गएको साँझ कम्बोडिया उडेकी हुन्।
प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी छन्। कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै हुने भएकाले बुद्धको थिम बनाएकी हुन्।
नेपालको नाम विश्वमा चिनाउने अवसर पाएकीले त्यसको सक्ने प्रयास गर्ने उनले बताइन्।
‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ छ।
उनलाई नेपालको प्रतिनिधित्व गर्न नेक्स्ट मोडल्स नेपाल मार्फत कम्बोडिया गएकी हुन्। वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन्।
अनिसा केही अगाडि काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर पप विजेता हुन् समेत हुन्।
‘मिस नेपाल पिस’मा विजेता बनेका कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन्।
Shares

प्रतिक्रिया