कला


‘फिल्म साउथ एसिया’ को १४ औँ संस्करण सुरु

‘फिल्म साउथ एसिया’ को १४ औँ संस्करण सुरु

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १०:१५, काठमाडौँ

वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौँ संस्करण सुरु भएको छ। 

ललितपुरस्थित यलमाया केन्द्रमा भारतीय निर्देशक कबिर खानको उपस्थितिमा महोत्सवको औपचारिक सुरुवात गरिएको हो। ओपनिङ सेरेमोनिमा कनकमणि दीक्षित लगायतको उपस्थिति थियो। 

मुख्य अतिथिको रुपमा नेपाल आएका खान महोत्सवमा निर्देशनसम्बन्धी कार्यशालामा सहभागी भए। जरंगी भाइजान, चन्दु च्याम्पियन, एक था टाइगर जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका खान महोत्सवका मुख्य आकर्षण बने। 

कार्याशालामा बोल्दै उनले वृत्तचित्रबाट निर्देशकीय करिअर सुरु गरेको सुनाएँ। ‘मैले वृत्तचित्र बनाउँदा वास्तविकता र मानवीय भावना बुझ्ने अवसर पाएँ। यसले गहिरो अध्ययन तथा अनुसन्धान गर्न सिकाउँछ। जसले फिल्म निर्माणमा ठूलो सहयोग पुर्‍याएको छ,’उनले भने।  

निर्देशक खानले सन् १९९९ मा पहिलोपटक यस फेस्टिभलमा सहभागिता जनाएका थिए। त्यसबेला उनको डकुमेन्ट्री ‘द फरगटन आर्मी’ प्रदर्शन भएको थियो। त्यसपछि उनी फेस्टिभलका लागि दुईतीन पटक नेपाल आइसकेका छन्। 

त्यसपछि दिउँसोभरि यलमायाका तीनवटा हलमा विद्धार्थीहरूले तयार पारेका ७ वटा लघु चलचित्रहरू प्रदर्शन भए। जसमा लभ लाइक आवर्स, अ फरगटन समर, हेलो गाइज, पोट्रेट अफ फुड, विसपर्स बाइ द रिभर शोर, रेमन्यान्ट ९अवशेष० र पी फर पापाराजी सर्ट फिल्म रहेका छन्।

त्यसैगरि, पहिलो दिनको अन्तिममा भुटानको फिल्म ‘एजेन्ट अफ ह्यापिनेस’ ओपनिङ फिल्मको रुपमा देखाइएको थियो। अरुण भट्टराई र डोरात्या जुर्बो निर्देशित यस फिल्मले भुटानको ग्रस नेसनल ह्यापिनेसको सूचकांकबारे चित्रण गर्छ। फिल्मले दुई सरकारी अधिकारीलाई पछ्याउँछ।

चार दिनसम्म चल्ने महोत्सवभरि ४७ वटा वृत्तचित्र र लघु चलचित्र प्रदर्शन हुनेछन्। महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन भइरहेका छन्।

यसपटक बेस्ट फिल्म, जुरी अवार्ड, बेस्ट स्टुडेन्ट फिल्म, बेस्ट डेब्यु फिल्म र बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने सहायक फेस्टिभल डाइरेक्टर पवस मानन्धरले जानकारी दिए। उनका अनुसार यो वर्ष बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad