कला


ऐश्वर्या रायले हटाइन् आफ्नो नामबाट श्रीमान्‌को थर!

ऐश्वर्या रायले हटाइन् आफ्नो नामबाट श्रीमान्‌को थर!

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १२:४४, काठमाडौँ

लामो समयदेखि बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनबीचको सम्बन्ध बिग्रिएको खबर आइरहेको छ।

यसैबीच, ऐश्वर्या रायको दुबई कार्यक्रमको एक भिडिओ सार्वजनिक भएको छ। जसमा ऐश्वर्याको नाममा श्रीमानको थर बच्चन लेखिएको छैन। जुन भिडिओ सार्वजनिक भएसँगै ऐश्वर्या र अभिषेक बच्चनले सम्बन्धविच्छेद गर्न लागेको शंका बढ्न थालेको छ।

यस भिडिओलाई लिएर प्रयोगकर्ताहरुले ऐश्वर्यालाई समर्थन गरेका छन्। एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्: उसलाई आफ्नो नामसँगै कुनै थर चाहिँदैन। उनी एक्ली ऐश्वर्या राय हुन्।

अर्का प्रयोगकर्ताले लेख्छन: बच्चन बिना उनको आफ्नै पहिचान छ । यद्यपि ऐश्वर्या रायको आधिकारिक इन्स्टाग्राम पृष्ठमा बच्चन उपनाम छ। उपनाम हटाउने कारणले गति लिएको सम्बन्धविच्छेदको खबरमा कुनै सत्यता नभएको रिपोर्टमा उल्लेख छ। दुबईमा भएको यो कार्यक्रममा व्यावसायिक कारणले अभिनेत्रीको पहिलो नाम प्रयोग गरिएको हो।

ऐश्वर्या ग्लोबल वुमन फोरमको कार्यक्रममा सहभागी हुन दुबई गएकी थिइन्। यहाँ उनले महिला सशक्तिकरण जस्ता विषयमा कुरा गरिन्। यसैबीच उनले सम्बन्धविच्छेदको खबरमा मौनता कायम राखिन्। यस क्रममा अभिनेत्रीको लुकको पनि तारिफ भएको थियो। खासमा ऐश्वर्याले छोरी आराध्याको १३ औं जन्मदिनको सेलिब्रेशनको तस्विर सेयर गरिन्।

आराध्याको जन्मदिन नोभेम्बर १६ मा थियो। बच्चन परिवारका कोही पनि यसको उत्सवमा सहभागी भएनन्। तस्बिर बाहिर आएपछि ऐश्वर्या–अभिषेकको सम्बन्धविच्छेदको खबर फैलिएको थियो। गत जुलाईमा अभिषेक बच्चन आफ्नो परिवारसँग अनन्त-राधिकाको विवाहको हिस्सा थिए। अभिषेकको सम्पूर्ण परिवार रेड कार्पेटमा उपस्थित थियो, यद्यपि ऐश्वर्या र छोरी आराध्या त्यो समयमा उनीसँग पुगेनन्।

अभिषेक आएको केही समयपछि ऐश्वर्या आफ्नी छोरीसँग रेड कार्पेटमा पुगिन्। छुट्टाछुट्टै इन्ट्री लिनुका साथै बिहेको सम्पूर्ण अवधिमा उनीहरु सँगै देखिएनन् । यसपछि ऐश्वर्या आफ्नी छोरीसँग छुट्टी मनाउन गइन्, तब पनि अभिषेक उनीसँगै थिएनन्। केही दिनअघि धेरै रिपोर्टमा अभिषेक र अभिनेत्री निमृत कौरको सम्बन्धको खबर आएको थियो। यसबारे अभिनेताको नजिकको स्रोतले यी सबै कुरा अफवाह मात्र भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad