कला


कति लामो छ बहुप्रतिक्षित फिल्म ‘पुष्पा-२’ को रनटाइम?

कति लामो छ बहुप्रतिक्षित फिल्म ‘पुष्पा-२’ को रनटाइम?

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १६:४६, काठमाडौँ

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ मंसीर २० गतेबाट विश्वभर प्रदर्शन हुँदैछ। यसैबीच, ‘पुष्पा-२’ को रनटाइम नेपालमा ३ घण्टा १५ मिनेट तय भएको छ।

वितरण कम्पनी ए-एटले हललाई पठाएको विवरणमा रनटाइमबारे उल्लेख छ। जुन सन् २०२४ मा नेपाली हलमा रिलिज ठूलो फिल्म हुनेछ। रनटाइम धेरै भएकाले शो संख्यामा कमी आउनेछ।

हिन्दुस्तान टाइम्सका अनुसार ‘पुष्पा: द रुल’ को रनटाइम ३ घण्टा २० मिनेट बताइएको छ। जसकारण यो फिल्मको लागि हलदेखि दर्शकहरुले ४ घण्टा छुट्याउनुपर्नेछ।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा : द राइज’ निकै सफल भएको थियो। जसकारण यस फिल्मलाई हेर्न दर्शकहरु निकै आतुर छन्। हिट फिल्मको सिक्वेल भएकाले पनि यस फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad