तीन सांगीतिक ब्यान्ड ‘कुमा सागर एण्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एण्ड द कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन्।
‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुनेछ। नेपाल टुरको प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क) हो।
झिल्के एण्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर आगामी डिसेम्बर २१ बाट सुरु भई फेब्रुअरी ७, २०२५ मा समापन हुनेछ।
जसअनुसार झापामा डिसेम्बर २१, रुपन्देहीमा डिसेम्बर २४, काठमाडौंमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुअरी १ र सुनसरीमा ७ फेब्रुअरीमा कार्यक्रम हुनेछ।
ब्यान्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रुपन्देही र काठमाडौंमा तथा दोस्रो चरणमा २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्नेछ। ‘हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौं । तर झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ हुनेछ । यसरी नै ठाउँ अनुसार नाम फेरिने स्टिभले उल्लेख गरेका छन् ।
ब्यान्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति हुने आशा राखेको छ ।
‘कार्यक्रमस्थलमा प्रिन्ट, डिजिटल, क्रस प्रोमोसनलदेखि कलेज क्याम्पेनका कार्यक्रम पनि हुनेछन्’, स्टिभ अगाडि भन्छन्, ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’मा १८ देखि ४५ वर्ष उमेर समूहका दर्शकले लाइभ म्युजिकको स्वाद लिन पाउनेछन् ।’
Shares

प्रतिक्रिया