भारतीय चर्चित कमेडियन तथा अभिनेता सुनील ग्रोवर नेपाल आएका छन्। बिहीबार नेपाल आइपुगेका उननलै आज (शुक्रबार) लाइभ प्रस्तुति दिनेछन्।
आज साँझ होटल एभरेस्टको मैदानमा ‘ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रम हुँदैछ। जहाँ उनले झण्डै ३ घण्टा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।
यो सुनीलको नेपालमा पहिलो लाइभ कन्सर्ट हो।
भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’बाट सुनीलले चर्चा पाएका थिए। उनले थुप्रै फिल्ममासमेत काम गरिसकेका छन्। ग्रोवर यसअघि सन् २०१८ मा पनि नेपाल आएका थिए। त्यसबेला उनले एक कार्यक्रममा कमेडी प्रस्तुति दिएका थिए।
123
Shares

प्रतिक्रिया