बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मंसीर २० गतेबाट विश्वभर प्रदर्शनमा आउँदैछ। भारतमा यस फिल्मको अग्रिम बुकिङ आक्रामक छ। बढ्दो क्रेजबीच यस फिल्मलाई नेपालका मल्टिप्लेक्स हलहरुले उत्साहजनक शो उपलब्ध गराएका छन्।
देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले उपत्यकामा मात्रै पहिलो दिनमा ८१ शो दिएको छ। जसमध्ये धेरै शोहरु सोल्डआउट भइसकेका छन्।
त्यसैगरि, बिग मुभिजले यस फिल्मलाई थ्री डीमा १७ टिकट उपलब्ध गराएका छ। वान सिनेमाजले आफ्ना दुबै हलतर्फ टु डी र थ्री डी गरेर २६ शो दिएको छ। एफक्युबले १६ शो दिएको छ। अन्य हलहरुमा पनि यस फिल्मले उच्च शो पाएको छ।
बिहान ४स्१५ देखि देखि राति १२ बजेसम्मका शोहरु रहेका छन्। बुकिङ खुल्ने बित्तिकै छिटो टिकट बिक्री भएका थिए। त्यसैले केही शोहरुमा फास्ट फिलिङ देखिएको छ। शुक्रबार र शनिबारका शोहरुमा पनि बुकिङ राम्रो छ। ‘पुष्पा(२’ को रनटाइम नेपालमा ३ घण्टा १५ मिनेट छ।
१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पास् द राइज’ निकै सफल भएको थियो। जसकारण यस फिल्मलाई हेर्न दर्शक निकै आतुर छन्। यस फिल्मले नेपालमा पनि आक्रामक व्यापार गर्ने देखिन्छ।
सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोषलगायतको पनि अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
पुष्पा-२’ को कारण नेपाली ‘पूर्ण बहादुरको सांरगी’ व्यापारमा भने असर पर्ने देखिन्छ। यसकै कारण दोस्रो महिनामा प्रदर्शन भइरहेको ‘पूर्ण बहादुरको सांरगी’ शो कटौती भएको छ।
Shares

प्रतिक्रिया