कला


मञ्जु पौडेलको देउडा गीत ‘कर्णाली पारीको भिनाजु’ (भिडिओ)

मञ्जु पौडेलको देउडा गीत ‘कर्णाली पारीको भिनाजु’ (भिडिओ)

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १५:३४, काठमाडौँ

मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक भएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर सुन्न सकिन्छ।

डिबी खड्काको शब्द रचनामा रहेको गीतमा विनोद बाजुरालीको संगीत र संगीत संयोजन छ। गीतमा आफ्ना लागि उपयुक्त वरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ।

महिलाले पनि आफ्ना लागि आफैं जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको गीतकार खड्काले बताएका छन्।

गीतको भिडिओमा पौडेलसहित अभिनेता धिरेन शाक्य फिचर्ड छिन्। विक्रम चौहानले निर्देशन गरेको गीतमा सिनमाटोग्राफी दुर्गा पौडेलले गरेका छन्।

गायिका र कार्यक्रम प्रस्तोताका रुपमा गायिका पौडेल सुदूरपश्चिममा लोकप्रिय छिन्।

‘सुदूरपश्चिमले माया गरेपनि त्यहाँको गीत गाउन पाएकी थिइनँ। त्यसैले यसपल्ट सुदूरपश्चिमका मेरा दर्शकस्रोता समर्पित गीत ल्याएकी हुँ,’ पौडेलले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad