भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीपछि बलिउड अभिनेता सञ्जय दत्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी तथा गंगा दाहालकी छोरी स्मिता दाहालको विवाहमा शुभकामना तथा बधाई दिएका छन्।
अभिनेता दत्तले हिन्दी भाषामा भिडिओ सन्देश जारी गरी स्मिताको विवाहका लागि शुभकामना व्यक्त गरेका हुन्।
यस क्रममा उनले गंगालाई बहिनी र स्मितालाई भान्जी सम्बोधन गर्दै चाँडै नेपाल आएर भेट्ने वाचा पनि गरेका छन्।
अभिनेता दत्तले हिन्दी भाषामा भनेको नेपाली सन्देश यस्तो छ, ‘नमस्कार! जय भोलेनाथ हरहर महादेव केही प्राविधिक कारण आज म तपाईंहरूका बीचमा आउन पाइनँ। तर मेरी भान्जी स्मिता र साइयुज्य तिमीहरूको विवाहकाे हार्दिक शुभकामना! र, मेरी बहिनी गंगा र उनको परिवारलाई मेरोतर्फबाट शिवजीको धेरै धेरै आशीर्वाद, तपाईंहरूसँग चाँडै भेट्नेछु, मेरोतर्फबाट धेरै धेरै शुभकामना! गंगा बैनी, छिट्टै आएर भेट्नेछु र तपाईंकी छोरीलाई आशीर्वाद दिउँला।...’
भिडिओ-
यसअघि भारतीय प्रधानमन्त्री मोदीले स्मिताको विवाहको उपलक्ष्यमा आफ्नो लेटरप्याडमै लेखेर बधाई तथा शुभकामना दिएका थिए।
स्मिता गंगा दाहालकी छोरी हुन्। उनले गत शुक्रबार (मंसिर २१ गते) काठमाडौँमा बबरमहलका सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन्।
Shares

प्रतिक्रिया