कला


फिल्म ‘श्री बुकुरो: द होम कलिङ’को घोषणा

फिल्म ‘श्री बुकुरो: द होम कलिङ’को घोषणा

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १२:६, काठमाडौँ

सुदीप भुपाल सिंहको निर्देशनमा फिल्म ‘श्री बुकुरो: द होम कलिङ’ बन्ने भएको छ। एक पोस्टर सार्वजनिक गर्दैं फिल्म निर्माणको घोषणा गरिएको हो। 

छायांकन पुरा भएर हाल फिल्मको पोस्टप्रोडक्सनको काम चलिरहेको छ। यसै साता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक सिंहले जानकारी दिए।

फिल्मको सार्वजनिक स्केच पोस्टरमा आशीर्वादसहितका कलाकारहरु चित्रित छन् भने एउटा घर र मन्दिर पनि देख्न सकिन्छ। बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ। सिनेमाले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ।

यो फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो। फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ।

यसै फिल्मबाट निर्देशक भुपाल सिंह ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए। उनले निर्देशन गरेका दुवै सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएका थिए। 

निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्ममा रुबी सेन सिंहको निर्माण रहेको छ। फिल्मलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन्। मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरी ५७ दिनसम्म छायांकन भएको थियो। 

सिनेमाको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ। पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक सिंहलाई छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad