हामी सन् २०२४ को अन्त्यतिर छौँ। यो वर्ष बलिउड फिल्म र केही स्टारका लागि उत्कृष्ट वर्ष साबित भएको छ। ती कलाकारको अभिनय दर्शकले निकै मन पराए। यो सूचीमा अभिनेता राजकुमार रावको नाम पनि आउँछ।
यो वर्ष राजकुमारका लागि निकै फापेको देखिन्छ। किनकि यस वर्ष उनले खेलेका ४ फिल्म समीक्षात्मक र व्यावसायिक हिसाबले निकै सफल भएका छन्।
आउनुहोस् उनका सुपरहिट फिल्मबारे जानकारी लिऔँ:
श्रीकान्त
मे महिनामा रिलिज भएको फिल्म ‘श्रीकान्त’ राजकुमारको यस वर्षको हिट फिल्म हो। यस फिल्ममा राजकुमार रावले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यो फिल्म बक्स अफिसमा सफल भयो। बलिउड हंगामाको रिपोर्टअनुसार श्रीकान्तको फिल्मले ५०.०५ करोड भारु कमाएको थियो।
विक्की विद्याको वो वाला भिडिओ
स्त्री २
राजकुमार राव र श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ यस वर्षको सुपरहिट फिल्म हो। फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेको थियो। फिल्ममा पंकज त्रिपाठीको अभिनय पनि रुचाइएको थियो। कमाइको कुरा गर्दा फिल्मले कूल ६२७.०२ करोड कमाएको थियो। यो फिल्मले /राजकुमारलाई बक्स अफिसको बादशाह बनाउन मद्दत गरेको छ।
मिस्टर एन्ड मिसेस माही
राजकुमार राव र जान्हवी कपुर स्टारर फिल्म ‘मिस्टर एन्ड मिसेस माही’को नाम पनि यो लिस्टमा परेको छ। फिल्मले बक्स अफिसमा ३६.२८ करोड कमाएको थियो। फिल्ममा जान्हवी र राजकुमारको जोडीलाई पनि निकै रुचाइएको थियो।
Shares

प्रतिक्रिया