कला


अभिनेता अल्लु अर्जुन गिरफ्तार

अभिनेता अल्लु अर्जुन गिरफ्तार

अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ (फाइल फोटो)


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १३:२३, काठमाडौँ

दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद प्रहरीले पक्राउ गरेको छ।

केही दिनअघि उनको फिल्म ‘पुष्पा-२’ हैदरबादस्थित हलमा प्रदर्शन गर्ने क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।

फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो। मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन्।

रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्नेबित्तिकै उनलाई हेर्न फ्यानमा भागदौड मच्चिएको थियो।

भागदौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भयो र अल्लु अर्जुनसहित धेरै व्यक्तिविरुद्ध जाहेरी दर्ता गरिएको थियो। 

समाचार एजेन्सी एएनआईका अनुसार हैदराबाद पुलिसले अल्लु अर्जुनलाई सोधपुछका लागि चिक्कडपल्ली पुलिस स्टेसनमा लगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad