बलिउड अभिनेता सलमान खान पछिल्लो एक वर्षदेखि ठूलो पर्दामा देखिएका छैनन्। जसकारण उनका फ्यानहरु सलमानको फिल्महरुको प्रतिक्षामा छन्। जसमा दक्षिण सिनेमाका दिग्गज निर्देशक एआर मुरुगादासको फिल्म ‘सिकन्दर’ को नाम पनि सामेल छ।
गत वर्ष एटलीले सलमानका नजिकका साथी शाहरुख खानलाई लिएर एटलीले फिल्म ‘जवान’ बनाएका थिए। जुन फिल्म बक्सअफिसमा निकै सफल भएको थियो।
यसपछि सलमानले पनि एट्लीसँग फिल्म गर्नुपर्छ भन्ने चर्चा चलेको थियो। अब एट्लीले यस विषयमा आफ्नो स्पष्टीकरण दिएका छन्।
‘यस फिल्ममा सलमानको अवतार पहिलेको भन्दा निकै फरक हुनेछ। यो मास(मसाला एक्सन थ्रिलर फिल्म हुनेछ, जसलाई दर्शकले मन पराउनेछन्। जब हामीले सलमानसँग भेट गरेका थियौं, उनी निर्धारित समयभन्दा ३० मिनेट अगाडि नै आएका थिए, जुन उनी आफैं पनि यस प्रोजेक्टलाई लिएर उत्साहित छन्,’उनले भने।
एटलीले सलमान खानसँगको आफ्नो फिल्म कन्फर्म गरेका छन्। एटलीको फिल्ममेकरको करियरको हिसाबले यो छैठौं फिल्म हुनेछ।
एट्लीसँग बलिउड अभिनेता वरुण धवन अभिनीत फिल्म ‘बेबी जोन’ केही दिनमा रिलिज हुँदैछ। यो फिल्मलाई लिएर फ्यानमा निकै उत्साह छ। जसको मुख्य कारण फिल्ममा सलमान खानको क्यामियो छ।
यसअघि सलमानले पठान जस्ता फिल्ममा क्यामियो गरेर चर्चामा आएका थिए। यस्तो अवस्थामा सलमान यस पटक कस्तो देखिनेछन्, त्यो हेर्नु रोचक हुनेछ।
Shares

प्रतिक्रिया