कला


रविलाई दीपकको शुभकामनाः तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्

रविलाई दीपकको शुभकामनाः तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्

फाइल तस्बिर: रवि लामिछानेसँग दीपकराज गिरी


नेपालखबर
पुस ५, २०८१ शुक्रबार १२:४, काठमाडौँ

कलाकार दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहा हुने आशा व्यक्त गरेका छन्। 

अभिनेता तथा फिल्म निर्मातासमेत रहेका गिरीले शुक्रबार बिहान सामाजिक सञ्जालमा रवि र आफू सँगै रहेको तस्बिर राख्दै लामिछाने निर्दाेष रहेको विश्वास व्यक्त गरेका हुन्। 

गिरीले लेखेका छन्, ‘..धेरै मानिसको विश्वास छ- तपाईं निर्दोष हुनुहुन्छ, यदि त्यस्तै हो भने तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्, शुभकामना!’

दीपकराज गिरीको स्टाटस जस्ताको तस्तै

म थुनामा भेट्न गए उहाँलाई …

प्रहरीले क्यामेरा ढोकामै लियो

त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन…

मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन!!!

त्यसैले उहाँ मन्त्री हुँदा पनि भेटघाट भएन मेरो!

तर थुनामाचाहिँ भेटन जान मन लाग्यो…

भन्छन् नि साथीलाई सुखमा होइन, दु:खमा

सम्झनुपर्छ….उहाँसँगको भेटमा उहाँ आत्मविश्वासी हुनुहुन्थ्यो, डर त्रास वा हीनताबोध केही थिएन!

तपाईं दोषी हो वा निर्दोषी त्यो त मैले भन्ने कुरा होइन।

तर धेरै मानिसको विश्वास छ- तपाईं निर्दोष हुनुहुन्छ!

यदि त्यस्तै हो भने तपाईंलाई चाँडै बाहिर भेट्न पाइयोस्…..शुभकामना!!!

चुप लाग भन्छन् साथीहरू बोल्ने बानी छ के गर्ने???

कास्कीमा लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आजै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतमा मुद्दा दर्ता गराउँदै छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad