कला


सकियो ‘होस्टेल ३’को प्रमुख छायांकन

सकियो ‘होस्टेल ३’को प्रमुख छायांकन

नेपालखबर
पुस ७, २०८१ आइतबार ११:०, काठमाडौँ

फिल्म ‘होस्टेल ३’को प्रमुख छायांकन ४९ दिनमा सकिएको छ। तर, केही कलाकारहरूको बडी ट्रान्सफर्मेसन (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको सुटिङ बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिए।

हाल चलचित्र पोस्ट प्रोडक्सनको चरणमा छ। यसअघि फागुन १६ गते रिलिज हुने भनिए तापनि सो मितिमा रिलिज नहुने बताइएको छ।

चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पक्षले दिएको छ।

‘होस्टेल ३’ चलचित्र ‘होस्टेल’ शृंखलाको एक प्रतीक्षित चलचित्र हो। यो शृंखलालाई नयाँ प्रतिभाको उद्‌गमस्थलका रूपमा लिइन्छ। यसको तेस्रो शृंखला पनि नयाँ कलाकारहरूका लागि नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण चलचित्र बन्ने विश्वास लिइएको छ। 

यसमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय छ।

‘होस्टेल’ शृंखलाबाट उदय हुनेहरूमा अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौलालगायत पर्छन्।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशन कँडेलकै हो।

चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर, शंकर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सहनिर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad