कला


‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण

‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण

फाइल तस्बिर: अभिनेता अल्लु अर्जुन


नेपालखबर
पुस ७, २०८१ आइतबार २१:४०, काठमाडौँ

तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आइतबार केही व्यक्तिले आक्रमण गरेका छन्।

यस हमलामा अल्लु अर्जुनको घरअगाडिका भाँडा र अन्य सामान तोडफोड गरिएका छन्। 

सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडिओमा उनको घरअगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ। साथै तोडफोड गरिएका भाँडाकुँडा पनि देख्न सकिन्छ।

बीबीसी तेलुगु सेवाका अनुसार अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा-२ः द रुल’ प्रदर्शनका क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेका थिए।

हालै एक थिएटरमा पुष्पा २ फिल्म प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो। उक्त प्रकरणमा अल्लु अर्जुनविरुद्ध पनि जाहेरी दर्ता भएको छ। केही दिनअघि भारतको हैदराबाद प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो। 

तर तेल‌ंगना उच्च अदालतको आदेशमा उनी एक साताका लागि धेरौटीमा रिहा भएका छन्। 

उक्त प्रकरणबारे सामाजिक सञ्जालदेखि तेलंगाना विधानसभासम्म चर्चा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad