अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ।
‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए।
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत बद्री पङगेनी, प्रताप दास, कला लम्साल, एलिना चौहानले सांगीतिक प्रस्तुति दिनेछन्। ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले सुनिनेछन्।
यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठ लगायतले प्रस्तुती दिने आयोजकले जनाएको छ।
‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो। हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौँ। अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ,’ अधिकारीले भने।
अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया