कला


यस्तो छ सलमानको फिल्म ‘सिकन्दर’को टिजर

यस्तो छ सलमानको फिल्म ‘सिकन्दर’को टिजर

नेपालखबर
पुस १४, २०८१ आइतबार १३:४४, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा सलमानको एक्सन अवतार देख्न सकिन्छ। 

टिजरमा उनी सिकन्दरको भूमिकामा देखिएका छन्। जहाँ सलमानले एकैपटक मास्क लगाएका धेरै मानिससँग सामना गर्छन्।

टिजरमा उनको संवाद छ, ‘धेरै मान्छे मेरो पछि लागेका छन् भन्ने सुनेको छु, मलाई फर्किन ढिला भयो। सलमान खानले एक/एक गर्दै सबैलाई बन्दुकले ढाल्छन्। टिजरमा यो संवादसहित ब्याकग्राउन्ड उत्कृष्ट छ। 

सुरुमा फिल्म सिकन्दरको टिजर २७ डिसेम्बरमा सलमान खानको ५९औँ जन्मदिनको विशेष अवसरमा रिलिज हुने भएको थियो। तर, एक दिनअघि २६ सेप्टेम्बरमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनको खबर आउनेबित्तिकै निर्माताहरूले यसलाई स्थगन गरेका थिए।

सलमानसहित रश्मिका मन्दाना स्टारर फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुँदै छ। निर्देशक मुरुगादासले यसअघि गजनी, हलिडे र अकिराजस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन्।

साजिद नाडियाडवालाले निर्माण गरेको फिल्मको स्ट्रिमिङ पार्टनर नेटफ्लिक्स हो।

हेर्नुहोस् टिजर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad