नेपाली हिपहपकी चर्चित र्यापर डिम्रितीको ‘मलाई आज भोलि’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ। तीन वर्षअघि ब्रेकबार्ज र्याप ब्याटल जितेर चर्चामा आएकी डिम्रितीको यो भिडिओ उनकै युट्युबमार्फत सार्वजनिक भएको हो।
गीतको भिडिओमा गायिका डिम्रितीसँगै कुशल अभिनेता नविन न्यौपानेले अभिनय गरेका छन्। प्रेम बिछोड भावले भरिएको गीतको भिडिओ निर्देशन निरञ्जन प्रधानले गरेका हुन्। भिडिओको सिनेमाटोग्राफी र छायांकनको कामसमेत प्रधानले गरेका हुन्।
भिडिओमा देखाइएको प्रेमको कथा र भावनात्मक संघर्ष दर्शकलाई बाधेर राख्ने खालको छ। गीतको शब्द र संगीतमा डिम्रितीको सिग्नेचर शैली झल्किन्छ, जसले श्रोताहरूलाई गीतसँग सम्बन्धित महसुस गराउँछ।
डिम्रिती जातीय विभेदविरुद्धका विषयवस्तुलाई मूलधारको र्यापमा लोकप्रिय बनाउनेमा विशेष योगदान दिएकी र्यापर हुन्। डिम्रितीका हाइड एन्ड सिक, नो फिमेल र्यापरजस्ता गीत युवापुस्तामाझ चर्चित छन्।
Shares

प्रतिक्रिया