कला


सचिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भनेः यस घटनाले सबैलाई पाठ सिकाएको छ

सचिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्रीले भनेः यस घटनाले सबैलाई पाठ सिकाएको छ

नेपालखबर
पुस १८, २०८१ बिहिबार १८:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

यस क्रममा प्रधानमन्त्री ओलीले पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले एकजना प्रतिभाशाली बालकले जीवन गुमाउनुपरेको पनि उल्लेख गरेका छन्। 

यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको प्रधानमन्त्रीको भनाइ छ।  

‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली!’

काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १५ वर्षीय सचिनको निधन भएको हो। 

सचिनले केही चर्चित गीत गाउनाका साथै केही म्युजिक भिडिओमा अभिनय पनि गरेका छन्। कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर  रहेको 'वरको छायाले' बोलको गीतमा सचिनले राजेश हमालसँग समेत अभिनय गरेका छन्।

सचिनले अस्मिता अधिकारीसँग 'के छ र हजुर' बोलको गीत पनि गाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad