दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’को ट्रेलर यतिखेर चर्चामा छ। बुधबार सार्वजनिक ट्रेलरलाई दर्शकहरुले निकै मन पराएका छन्। यो गीत २४ घण्टा नपुग्दै मुभीज ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ।
एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ। ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ। वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ।
विशेषगरि, दया र जितु नेपालको अभिनयको तारिफ गरिरहेका छन्। दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने प्रतिक्रिया पाइरहेका छन्।
ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ। चलचित्र ‘कार्साङ’को ट्रेलरमा अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ।
यम शेर्पाको डेब्यु निर्देशन रहेको यो फिल्म पुस २६ गते रिलिज हुँदैछ। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।
‘कार्साङ’मा दयाहाङ र जितुसँगै सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया