कला


‘मुलुकलाई समृद्ध बनाउन प्रगतिशील साहित्यको महत्वपूर्ण भूमिका हुन्छ’

‘मुलुकलाई समृद्ध बनाउन प्रगतिशील साहित्यको महत्वपूर्ण भूमिका हुन्छ’

नेपालखबर
पुस १९, २०८१ शुक्रबार १७:३०, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य समाजको दर्पण मात्र नभइ राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक भएको बताएकी छन्।

शुक्रबार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरू पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन्। उनले साहित्यले समाजमा रुपान्तरण र परिवर्तन ल्याउने बताइन्।

साहित्य कलात्मक, सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभइ विचारको संवाहक भएको पूर्वराष्ट्रपति भण्डारीको कथन थियो। उनले सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीहरुबाट सिर्जना गरिएका साहित्यले सामाजिक परिवर्तनकै अभियानलाई बल पुर्‍याउने बताइन्।

समाजमा भएका अराजकता, उश्रृंखलता जस्ता विकृति, विसंगतिहरुलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशिल कला साहित्य र संगीतको महत्वपूर्ण भूमिका हुने उनको धारणा थियो।

उनले भनिन्, ‘साहित्य समाजको दर्पण हो। त्यति मात्रै होइन, राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण कुरा हो। साहित्य कलात्मक, सुन्दर आदर्श अभिव्यक्ति मात्र नभएर विचारको संवाहक समेत हो। सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिकर्मीहरुबाट गरिने साहित्य सिर्जनाले पनि अन्ततः सामाजिक परिवर्तनकै अभियानलाई नै थप बल पुर्‍याउँछ।’

उनले थपिन्, ‘समाजमा भएका अराजकता, उश्रृंखलता जस्ता विकृति, विसंगतिहरूलाई रोक्न र सही नीति, सिद्धान्त, दर्शनको आधारमा मुलुकलाई समृद्ध बनाउन प्रगतिशिल कला साहित्य र संगीतको महत्वपूर्ण भूमिका रहन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले सर्जकहरूले आफ्नो सिर्जनामार्फत देश र जनताको सेवामा थप टेवा पुग्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad