कला


बोर्डको आयोजनामा पोखरामा ‘चलचित्र पर्यटन महोत्सव’ हुने

बोर्डको आयोजनामा पोखरामा ‘चलचित्र पर्यटन महोत्सव’ हुने

नेपालखबर
पुस २२, २०८१ सोमबार १४:०, काठमाडौँ

पर्यटकीय सहर पोखरामा ‘चलचित्र पर्यटन महोत्सव’ हुने भएको छ।

चलचित्र विकास बोर्डको आयोजनामा हुने महोत्सव फागुन १७ देखि १९ गतेसम्म हुनलागेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यसैविषयमा औपचारिक सम्झौता गरे। 

पहिलो पटक ठूलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायांकनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

पोखरलाई चलचित्र निर्माण र पर्यटनको लागि थप आकर्षक गन्तव्यको रुपमा चिनाउने विश्वास गरिएको छ।

चलचित्र विकास बोर्डको नेतृत्वमा हुने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, र नेपाल टेलिकमले प्रवर्द्धकको भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad