अभिनेत्री सोमी अली प्रायः आफ्ना पूर्वप्रेमी सलमान खानका विषयमा गर्ने टिप्पणीका कारण चर्चामा रहन्छिन्।
सलमानले जस्तै सोमीले पनि अझै विवाह गरेकी छैनन्।
यसैबीच सोमीले हालै दिएको नयाँ बयानले उनलाई फेरि हेडलाइन बनाएको छ।
सोमी अलीले हालै आफूले धर्मपुत्री लिने योजना बनाएको खुलासा गरेकी हुन्।
आइएएनएससँगको अन्तर्वार्तामा, सोमी अलीले उनले एक बच्चीलाई धर्मपुत्री बनाउने खुलासा गरेकी हुन्।
सोमीले बताए अनुसार उनी भारतको कुनै गाउँबाट एक बालिकालाई धर्मपुत्रीका रूपमा ग्रहण गर्नेछिन् र उनको नाम मलाला अली राख्नेछिन्।
सोमीले आफ्नी छोरीलाई धेरै स्वतन्त्रता दिने पनि बताएकी छन्।
606
Shares

प्रतिक्रिया