कला


रवि ओडले ल्याए ‘किन दुख्छ मुटु’ बोलको गीत

रवि ओडले ल्याए ‘किन दुख्छ मुटु’ बोलको गीत

नेपालखबर
माघ २, २०८१ बुधबार १७:१३, काठमाडौँ

नेपाल आइडल सिजन २ का विजेता तथा गायक रवि ओडले नयाँ गीत ल्याएका छन्।

रवि ओड युट्युव अकाउन्डमार्फत ‘किन दुख्छ मुटु’ बोलको सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा लाल कुमारी जोगि (पुलामी) को शब्द र आईत पुलामीको संगीत रहेको छ।

भिडिओ पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएको देवर भाउजू सुशीला केसी र सागरमान रावल फिचर्ड छन्।

कृष्ण खड्काको निर्देशनमा बनेको भिडिओको कथा रंगकर्मी नरेन भट्टराईले लेखेका हुन्। भिडिओमा खुसीसाथ बाँचिरहेका एक दम्पत्तीमा श्रीमानलाई जटिल रोग लागेपछि उनीहरुको जीवनमा आउने दुःख र सघर्षको कथा समेटिएको छ।

राम केसीले खिचेको भिडिओलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad