गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै गुनासो गरेकी छिन्।
उनले आइतबार बिहान ८ बजेको प्लेन १ बजेसम्म उडान नभएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी हुन्।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो। तर, एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्,’उनले उल्लेख गरेकी छिन्।

915
Shares

प्रतिक्रिया