फिल्म ‘मंगलम’को दोस्रो सिक्वेल ‘मंगलम २’ निर्माण हुने भएको छ।
छविराज ओझा र दिजेन्द्र शाक्यले ‘मंगलम २’ बनाउन लागेका हुन्, जसको निर्देशक नवल नेपाल रहेका छन्।
छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ। नवलले यसअघि यो व्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए। फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ।
‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन्।निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन्।
54
Shares

प्रतिक्रिया