बलिउड अभिनेता सैफ अली खानथि घरमै छुरी आक्रमण भएको घटनाबारे एकपछि अर्को खुलासा भइरहेका छन्।
यसै क्रममा अभिनेत्रीसमेत रहेकी उनकी पत्नी करिना कपुर आक्रमणका बेला घरमै भएको तर अस्पताल पुर्याएपछि सैफलाई रक्ताम्मे अवस्थामा छाडेर अभिनेत्रीसमेत रहेकी दिदी करिश्मा कपुरको घर गएको खुलासा भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी कान्छो छोरा जहाँगिरलाई मार्न अगाडि बढिरहेको देखेपछि बचाउन सैफ बीचमा आएको करिनाले बताएकी छन्।
आत्मरक्षाका लागि तरबार लिन सैफ फर्कंदा आक्रमणकारीले उनलाई चक्कुले हानेका थिए।
करिनाका अनुसार ती व्यक्तिले घरबाट चोरी भने केही गरेनन्।
करिना घाइते सैफसँगै अस्पताल गएकी त थिइन् तर निकै डराएकी उनी त्यसपछि घाइते सैफलाई अस्पतालमै छाडेर आफ्नी दिदीको घर गइन्।
यो घटनापछि करिश्मा कपुरले करिनालाई खारस्थित आफ्नो घरमा लगेकी थिइन्।
चक्कुले सैफका घाँटी र हातमा गहिरा चोट लागेको करिनाले बताएकी छन्।
अस्पतालमा उपचाररत सैफको स्वास्थ्य सुधार हुँदै गएकाले उनलाई सामान्य वार्डमा सारिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्।
सैफलाई आक्रमण गरेको आरोपमा मुम्बई प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया