शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ। नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्मका लागि क्युएफएक्सले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० शो दिएको छ। जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन्।
उपत्यका बाहिरको हकमा विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगञ्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटहरीको सिनेप्लेक्समा ४, वीरगञ्जको स्काइलाइन मलमा ३ र पोखराको ट्रेड मलमा ४ शो छन्।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।
Shares

प्रतिक्रिया