कला


दिनेशलाई दीपकको ध्यानाकर्षणः प्रहरीले स्क्रिप्ट जाँच्ने नियम कति हास्यास्पद छ, आजको घटनाले भन्छ

दिनेशलाई दीपकको ध्यानाकर्षणः प्रहरीले स्क्रिप्ट जाँच्ने नियम कति हास्यास्पद छ, आजको घटनाले भन्छ

दीपकराज गिरी, प्रहरीले युवक कुटिरहेको दृश्य र दिनेश डीसी


नेपालखबर
माघ ७, २०८१ सोमबार १९:३८, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका बाइपास रोड क्षेत्रमा एक प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले यस घटनाको चर्चा भइरहेको छ। 

सो घटनामा संलग्न अस्थायी प्रहरी बिट (गणेशस्थान, भरतपुर) मा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई जिल्ला प्रहरी कार्यालय चितवनले निलम्बनसमेत गरिसकेको छ। 

यसैबीच अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डीसीलाई प्रहरीले पहिले फिल्मको स्क्रिप्ट जाँच गर्ने नियम हास्यास्पद छ भन्ने कुरा उक्त घटनाले पुष्टि गरेको भनी सम्झाएका छन्।

गिरीले सोमबार सामाजिक सञ्जालमा डीसीलाई ट्याग गर्दै लेखेका छन्, ‘चलचित्रमा प्रहरीको पोसाक लगाएर नराम्रो काम गरेको देखाउन पाइन्न, प्रहरीले नै पहिला स्क्रिप्ट जाँच गर्ने नियम कति हास्यास्पद छ त्यो आजको घटनाले भन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad