आगामी माघ २५ गतेबाट प्रदर्शन हुने हरर फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा चित्रण गरेको छ।
फिल्मका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले ट्रेलरमा समेटिएको छ।
कालो विरालोलाई विशेष स्थान दिइएको सिनेमाको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ। सिनेमामा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मको समर निरौला निर्देशक हुन। समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ। यो समरको डेब्यु निर्देशकीय फिल्म हो।
सिनेमालाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।
Shares

प्रतिक्रिया