कला


बद्री र समीक्षाको ‘कन्या राशि’लाई युट्युबमा करोड भ्युज (भिडिओ)

बद्री र समीक्षाको ‘कन्या राशि’लाई युट्युबमा करोड भ्युज (भिडिओ)

नेपालखबर
माघ १०, २०८१ बिहिबार १२:३७, काठमाडौँ

बद्री पंगेनी र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कन्या राशि’ करोड क्लबमा प्रवेश गरेको छ। झण्डै २ महिनाअघि सार्वजनिक भएको गीतलाई एक करोड ४३ हजारपटक हेरिसकिएको छ।
 
गायिका समीक्षा अधिकारी आफ्नो गीत करोडपटक हेरिएपछि फेसबुकमा खुसी साटेकी छिन्।
 
‘सांगीतिक यात्राको क्रममा धेरै अग्रज कलाकारसँग सहकार्य गर्ने भाग्यमानी अनुज कलाकार हुँ म। तर धेरै समय अगाडिदेखि आदरणीय दाइ बद्री पंगेनीसँग सहकार्य गर्ने चाहना थियो। त्यो पनि पूरा भयो। अझ खुसीको कुरा, हाम्रो गीत कन्या राशिलाइ एक करोड भ्युज प्राप्त पनि भएको छ,’ उनले लेखेकी छिन्। 

बद्री पंगेनी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको गीतमा नारायण ज्ञवालीको शब्द रहेको छ। बद्रीकै संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले म्युजिक एरेन्ज छ। 

यसै गीतबाट बद्रीकै छोरी बिहानी पंगेनीले मोडलिङमा डेब्यु गरेकी छन्। बद्रीकै निर्देशनमा बनेको भिडिओमा बिहानीसहित प्रभातपाल ठकुरी फिचर्ड छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad