कला


‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को चौथो संस्करण घोषणा, अडिसन फागुन ३ देखि

‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को चौथो संस्करण घोषणा, अडिसन फागुन ३ देखि

नेपालखबर
माघ १५, २०८१ मंगलबार ९:१, काठमाडौँ

‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुने भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो। 

‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को मुख्य प्रायोजक नोभेम्बर क्लोथिङ छ। सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको अडिसन फेब्रुअरी १५ अर्थात फागुन ३ गते सुरु हुनेछ। 

मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ। काठमाडौँमा हुने अडिसनमा भने मिस ग्लोबकी विजेता डायना आउनेछिन्।

उनले फ्रेबुअरी ११ देखि १६ सम्म हुने अडिसनमा जजका रूपमा सहभागिता जनाउनेछिन्। सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए।

‘सन् २०२२ देखि हामीले यो प्रतियोगिता सुरुवात गरेका थियौँ। चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागिरहेको छ। यहाँसम्म जोडिनुभएका सम्पूर्णलाई धन्यावाद। हामीले लामो समयको लागि सोचेका छौँ,’उपाध्यायले भने। 

साथै यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ। 

मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड छन्। जुन मिस्टर एन्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो। 

टुर ड्रामा  इन एसोसिएसन र अग्नि गु्रपको महिन्द्रा पनि यस प्रतियोगिताको पार्वडवाईले प्रायोजन गरेका हुन्। यसअघि मिस्टर एन्ड मिस नेसनल २०२४ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेसनल बनेका थिए।

त्यस्तै मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेसनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वर्ल्ड भएका थिए।

पोल्यान्ड भएको मिस्टर सुप्रा नेसनल धीरजकाजी बस्नेत टप २०, मिस सुप्रा नेसनल सजिना खनाल इन्फुलुएन्सर विधाको टप ६ मा पुगेकी थिइन्। 

अल्बेनियामा मिस ग्लोब नेपाल मोनिका अधिकारी टप १५ स्थान हासिल गरिन्। साथै इजिप्टमा भएको मिस इन्टरकन्टिनेन्टल आयुष्नोभा ढुंगाना र थाइल्यान्डमा भएको मिस्टर इन्टरनेसनल क्षितिज श्रेष्ठ क्षेत्रीले प्रतिनिधित्व जनाएका थिए। त्यसैगरी फ्रेबुअरी १० भियतनाममा हुने मिस्टर टुरिजम वर्ल्डका लागि मिलन भट्टराई नेपालबाट सहभागी हुँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad