कला


चुम्बनबारे उदितको स्पष्टीकरण: मलाई कुनै पश्चाताप वा लज्जा छैन

चुम्बनबारे उदितको स्पष्टीकरण: मलाई कुनै पश्चाताप वा लज्जा छैन

नेपालखबर
माघ २१, २०८१ सोमबार ११:४७, काठमाडौँ

गायक उदित नारायण झाले सांगीतिक कार्यक्रममा एक महिला प्रशंसकलाई ओँठमै चुम्बन गरेको भिडिओ यतिबेला भाइरल छ। 

भिडिओसँगै उदितको नियतमा शंका गर्दै व्यापक आलोचना पनि भइरहेको छ। 

यसैबीच गायक उदित नारायणले भने आफूलाई यो घटनाले कुनै पश्चताप वा लज्जा नभएकाे प्रतिक्रिया दिएका छन्। 

बरु आफ्नो त्यो किसको भिडिओका विषयमा मानिसहरूले गरिरहेका टिप्पणी देखेर अचम्म लागिरहेको टिप्पणी उदितले गरेका छन्। 

बलिउड हंगामालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चुम्बन भिडिओमा मानिसहरूका प्रतिक्रिया देखेर मलाई अनौठो लागिरहेको छ। यो कुरालाई अत्यधिक बढाइचढाइ गरिएको छ। मेरो मन सफा छ।’

यस क्रममा उनले आफूले कहिल्यै आफ्नो परिवार वा देशलाई लज्जित बनाउनले काम कहिले गरेको छु र भनी प्रश्न गरेका छन्। 

‘सबै कुरा हासिल गरिसकेको म उमेरको यो चरणमा किन यस्तो काम गर्छु होला र! म र मेरा फ्यानबीच एउटा साँचो र कहिल्यै नटुट्ने बन्धन छ’, उनले अन्तर्वार्तामा  भनेका  छन्,  ‘भिडिओमा तपाईंले जे देख्नुभयो त्यो म र फ्यानबीचको प्रेम थियो। उनीहरू मलाई माया गर्छन्। म उनीहरूलाई अझ बढी माया गर्छु। मलाई कुनै पछुतो वा लज्जा छैन।’

उनले अगाडि प्रश्न गर्दै भनेका छन्, म किन लज्जित महसुस गर्ने? तपाईंले मेरो आवाजमा कुनै उदासी वा पश्चाताप पाउनुभयो त? वास्तवमा म हाँसिरहेको छु।’

जे भयो, त्यो कुनै घटिया वा गोप्य नरहेको र सबै कुरा सार्वजनिक रूपमा भएको जिकिर उनले गरेका छन्। 

उनले भनेका छन्, ‘मेरो मन सफा छ। यदि कोही मानिसहरूले मेरो साँचो प्रेमबारे नराम्रो कुरा गर्छन् भने मलाई त्यसप्रति दुःख लाग्छ।’

यस क्रममा उदितले आफू धेरैवटा फिल्मफेयर अवार्ड, राष्ट्रिय पुरस्कार, पद्मश्री, पद्मभूषण पाएको व्यक्ति भएको स्मरण गराउँदै  लता म‌ंगेस्करजस्तै भारत रत्न पाउने आंकाक्षी भएको पनि बताए। 

उनले अगाडि भनेका छन्, ‘जब मसँग माता सरस्वतीको आशीर्वाद छ भने म किन ती मानिसहरूको वास्ता गर्ने, जो अरू सफल भएको देख्न सक्दैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad